ओली–दाहालसँग तुम्बाहाङ्फेले भनिन्, ‘मलाई नै सभामुख बनाउनुस्’

२६ पुष २०७६, शनिबार

काठमाडौं-

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा। शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले यस्तो प्रस्ताव गरेकी हुन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा गर्न छलफलमा बोलाएका थिए ।

ओली, दाहाल र तुम्बाहाङफेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । उपसभामुख तुम्बाहाङफेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसकिने बताएकी छन् । यो समाचार आजको राजधानी दैनिक मा सुभाष साहले लेखेका छन् ।