गजल

२९ पुष २०७६, मंगलवार

सुधन ज्ञवाली, अर्घाखाँची

रिस गरेर यहाँ खुट्टा तान्नेहरु छन!
बसि बसि बोल्न धेरै जान्नेहरु छन!

काठमाडौ कस्तो छ?मलाई नसोध अामा,
मान्छे मारी ढुङ्गो देवता मान्नेहरु छन,

खै धार्मिक भनु या पापि म बुझ्नै सकिन
गाईको दुधमा रगत मिसाई छान्नेहरु छन,

अघि बोल्दा अाफ्नै जस्तो गर्ने साँथिहरु पनि,
मौका परे पिठ्युँमा लात हान्नेहरु छन

उसले मेरो गोजि रित्ताएर छाडेपछि बुझे,
यहाँ मान्छे होइन पैसा मित्र ठान्नेहरु छन

(हाल काठमाडौं)