विद्यालयको भौतिक एवम् शिक्षा विकास सहयोगार्थ कार्यक्रमको तीब्र तयारी

२९ पुष २०७६, मंगलवार

चितवन– प्रदेश नम्बर ३ मा पर्ने चितवन जिल्लाको भरतपुर महानगरपालिका – १५ , फूलबारीमा रहेको श्री गौतम आधारभूत विद्यालय ( १ – ८ ) काे लागि सेवा नै धर्म हो भन्ने मूल नारा साथ ` भौतिक एवम् शिक्षा विकास ´ सहयोगार्थ कार्यक्रमको तीब्र तयारी भएको छ । भविष्यमा विद्यालय भौतिक संरचना निर्माण र शिक्षामा विकास गर्ने भएकोले यो कार्यक्रम आयोजना गरिएको हो ।

चितवन जिल्लाको शिक्षा तथा समन्वय इकाई , भरतपुर महानगरपालिका र वडा नम्बर १५ कार्यालयबाट अनुमतिपत्र तयार भइसकेको विद्यालयको प्रधानाध्यापक रामचन्द्र चालिसेज्यू बताउनु भएको छ । यो कार्यक्रम चितवन जिल्लाको विभिन्न ठाउँमा विविध साँस्कृतिक कार्यक्रम गरेर रकम संकलन गर्ने भनेर कार्यक्रम आयोजना प्रमुख तथा विद्यालयको भूतपूर्व विद्यार्थी एवम् सामाजिक अभियान्ता निराज रानाभाटज्यूले भन्नुभएको छ । साथै यो निराज रानाभाटज्यू तथा चितवन जिल्लाका र छिमेकी जिल्लाका सामाजिक अभियान्ताज्यूहरुले मिलेर गर्न लाग्नुभएको हो ।

कार्यक्रम स्थलमा केही सुरक्षाकर्मीज्यूहरुकाे समेत व्यवस्था गरिएको छ । श्री गौतम आधारभूत विद्यालय मिति २०४६ साल माघ १८ गते स्थापना भएको र यो विद्यालय भरतपुर महानगरपालिका वडा नम्बर १५ काे पहिलो अंग्रेजी माध्यम पढाउन सुरु गरेको विद्यालय हो । सम्पूर्ण सहयोगी व्यक्तिहरु जतिसक्दो सहयोग गरिदिनु हुन भनेर विद्यालयको प्रधानाध्यापक रामचन्द्र चालिसेज्यूले , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ अधिकारीज्यू र कार्यक्रम आयोजना प्रमुख निराज रानाभाटज्यूले हार्दिक अनुरोध गर्नुभएको छ ।

चितवन जिल्लाको विभिन्न ठाउँमा हुने कार्यक्रमको मिति , स्थान र समय निम्न रहेका छन् ;
पहिलो दिन ;
मिति : २०७६ साल माघ १ गते , बुधबार
स्थान : भरतपुर महानगरपालिका – ०१ , नारायणगढ , नारायणी नदी किनार , चितवन
समय : दिउँसो १२:०० बजेदेखि दिउँसो ३ बजेसम्म

दोस्रो दिन ;
मिति : २०७६ साल माघ ३ गते , शुक्रबार
स्थान : पटिहानी , भरतपुर , चितवन
समय : दिउँसो १२:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

तेस्रो दिन ;
मिति : २०७६ साल माघ ४ गते , शनिबार
स्थान : चाेक बजार , भरतपुर , चितवन
समय : दिउँसो १२:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

चौथो दिन ;
मिति : २०७६ साल माघ ७ गते , मंगलबार
स्थान : भरतपुर महानगरपालिका – ०७ , विकास चाेक , भरतपुर , चितवन
समय : दिउँसो १२: ०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

पाँचौं दिन ;
मिति : २०७६ साल माघ ९ गते , बिहीबार
स्थान : भरतपुर महानगरपालिका – १० , चौबीसकाेठी , चितवन
समय : दिउँसो १२:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

छैठौं दिन ;
मिति : २०७६ साल माघ ११ गते , शनिबार
स्थान : रामपुर , भरतपुर , चितवन
समय : दिउँसो १२:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

सातौं दिन ;
मिति : २०७६ साल माघ १३ गते , साेमबार
स्थान : शिवनगर , भरतपुर , चितवन
समय : दिउँसो १२:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

कार्यक्रममा सहभागी बनौं , सहयोग गरौं !