माध्यमिक शिक्षा परीक्षा [एसईई] स्थगित

५ चैत्र २०७६, बुधबार

बुटवल चैत्र ५-

भाेलीदेखि शुरु हुने भनिएकाे माध्यमिक शिक्षा परीक्षा [एसईई] स्थगित भएकाे छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दि।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।