कोरोना राहत कोषलाई सन्दीपले गरे एक लाख सहयोग

१४ चैत्र २०७६, शुक्रबार

काठमाडौं, विश्वभर फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले राहात कोषको स्थापना गरिएको छ । सो कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले पनि एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा एक लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै मानवताको परिचय दिउँ भन्दै सबै जना सुरक्षित रहन अग्रह समेत गरेका छन् ।

सन्दीप सामाजिक कार्यमा पनि अगाडि सरेको देखिन्छ । उनले यो भन्दा अगाडि पनि चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि सहयोग गरेका थिए । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि चैत ११ देखि १८ गते सम्म लकडाउनका घोषणा गरेको छ ।