उदयपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

११ बैशाख २०७७, बिहीबार

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस ९कोभिड९१९०को संक्रमण पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरुमध्ये ९ जना निको भइसकेका छन् ।