श्वासप्रश्वास समस्याकी सुत्केरीको मृत्य भएपछि धुलिखेल अस्पतालमा उच्च सतर्कता

३ जेष्ठ २०७७, शनिबार

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता बढाइएको छ । उपचारका लागि भर्ना भएकी सुत्केरिको मृत्यु स्वासप्रश्वासमा समस्या देखिएर भएको अस्पतालले जनाएको छ ।



१२ दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा सुत्केरी भएर डिस्चार्ज भएकी ती महिलालाई श्वास्प्रवासको समस्या देखिएपछि बिहीबार साँझ ७ बजेतिर धुलिखेल अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुगेको आधा घण्टामै आकस्मिक कक्षमै ती महिलाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । आरडीटी परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ ।

। सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको भएपछि अस्पतालले सतर्कता बढाएको छ । मृतकको सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा पठाइएको छ भने उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।