निरु आचार्यको तीज गीत ‘हाम्री आमाले किन्दिएको पछ्यौरी’ बजारमा आउदै

४ श्रावण २०७७, आईतवार

बुटवल , अर्घाखाँचीका पुराना अनि चर्चित गित लाई संरक्षण गर्ने उदेश्य ले सामाजिक अभियन्ता एबम बरिस्ठ साहित्यकार निरु आचार्य ले नयाँ तीज गीत ‘हाम्री आमाले किन्दिएको पछ्यौरी बजारमा ल्याउने भएकी छन् ।

नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित “हाम्री आमाले किन्दिएको पछ्यौरी नेपाली मौलिक संस्कृतिको महत्व बोकेको र तिजको समयमा चेलिहरुको को पिर व्यथा , समसामयिक घटनालाई समेटेर उक्त गित तिज गित बजारमा ल्याउने भएकी हुन् ।

गायक अभिनब चौहानले शब्द संकलन तथा कृष्ण लामिछानेले संगीत भरेको उक्त गितको भिडियो छिट्टै युट्यूब च्यानलमार्फत सार्वजनिक हुने भएको छ ।
उक्तगितमा गायिका आचार्य लाई अर्का गायक अभिनब चौहान ले आवाजमा साथ दिएका छन् । त्यस्तै, गीतको भिडियोमा सुमन सागरको निर्देशन रहेको गितको भिडियोमा गायिका निरु आचार्य सलिना नेपाली सँगै अभिनब चौहान , तेजेन्द्र शमसेर पाण्डे लगायत ले अभिनय गरेका छन् ।