कस्मेटिक तथा गिफ्ट वस्तुगत समिति द्धारा बुटवलमा फूड वैंक सञ्चालनमा

१९ भाद्र २०७७, शुक्रबार

बुटवल ,कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्नका लागि गरिएको लकडाउनले दैनिक ज्याला मजदुरीमा काम गरेर जीविकोपार्जन गर्दै आएका तर लकडाउनले दैनिक कार्य वन्द हुन पुग्दा समस्यामा परेकाहरुलाई मध्यनजर गर्दै, बुटवलमा शुक्रवार (आज) खाद्यान्न वितरण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ अन्र्तगत कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिले फूड वैंक सञ्चालन गर्दै, बुटवल उप– महानगरपालिका वडा नं.६ मा एक कार्यक्रमको आयोजना गरी विपन्न वर्गका परिवारहरुलाई राहत वितरण गरेको हो । समितिले “हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” भन्ने नाराका साथ सञ्चालना ल्याएको छ ।

फूट वैंक वाट राहत लिन अधिकांश बुटवल उप–महानगरपालिका वडा नं.६ का विपन्न परिवारहरुको उपस्थिती रहेको कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिका अध्यक्ष अब्दुल सलामतले वताउनु भएको छ । उहाँका अनुसार वडा वासीहरुल्े मात्रै नभएर लकडाउनका कारण खाद्यान्नको समस्यामा परेका नगरभित्र वसोवास गर्दै आएकाहरुले राहत लिन सक्ने जनाउनु भएको छ ।

औपचारिक कार्यक्रमको उद्घाटन गर्दै बुटवल उप–महानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष जगदिश आचार्यले महामारीले निम्त्याएको यो असहज परिस्थीमा निजी क्षेत्र वाट पनि समस्यामा परेका नागरिकहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै, यसअघि वडा कार्यालय मार्फत् पनि लकडाउन पिडित विपन्न वर्गहरुलाई राहत वितरण गरेको वताउनु भएको थियो ।

त्यस्तै बुटवल उद्योग वाण्ज्यि संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले विपन्नहरुको भोको पेटलाई थोरै भएपनि राहत प्रदान गरेर सहयोग गरेको प्रति सराहना गर्दै, आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको आयोनजा गरी मानविय सहयोग कार्यमा लाग्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा समितिका उपाध्यक्ष द्धय अलिम दिन, विष्णु उपाध्यय, सचिव प्रकाश पौडेल, उप–सचिव सन्तोष नेपाल र कोषाध्यक्ष नरसिंह कान्दु लगायतको उपस्थिती रहेको थियो । समितिका उपाध्यक्ष अदिम दिनको स्वागत मन्तव्इ वाट शुरु भएको फूट वैंक कार्यक्रममा एक सय जनालाई राहत वितरण गरिएको थियो । राहतमा प्रति व्यक्ति ५ किलो चामल, २ किलो दाल, १ किलो नुन, २ पोका सोयाविन, १ किलो तेल प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण समितिका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो ।