अभियन्ताले मनाए रत्नपार्कमै सामुहिक भाइटीका

३ मंसिर २०७७, बुधबार

निरु आचार्य (नवरश्मी )

काठमाडौं ।

लामो समय देखि दिवा भोजन कार्यक्रम सन्चालन गरिरहेको विभिन्न सामाजिक संस्था ले भाइ टीका को दिन संयुक्त टीका टालो कार्यक्रम गरेर सम्पन्न गरेको छ । आफू र आफ्नो परिबार भित्र मात्रै सिमित नभई आफ्न्त बिहिन ब्याक्तित्व सङ्ग सामुहिक रुपमा टीका टालो गर्दा फरक महसुस भएको निरन्तर रुपमा रत्नपार्कमा खाना खुवाउन जुटनु भएका सामाजिक अभियन्ता सुभाष ज्ञवालीले जनाउनुभयो ।

तिहार कै दिन मङ्सिर ०१ गते आफ्नो बैबाहिक बर्षगाठकाे उपलक्ष्यमा दिवा भोजन प्रायोजन गरि कार्यक्रमलाई थप उल्लासमय बनाउने योजना बनाएको सेफ शिबहरी घिमिरेले जनाउनुभयो । घरभित्र मात्रै सिमित रहेर वैवाहिक बर्षगाठ मनाउनु भन्दा दिन दुखी सङ्गै हातेमालो गर्दै मनाउदा आफू खुशि भएको अभियन्ता समेत रहेका घिमिरेले बताए । रत्नपार्कमा आगामी दिनमा खाना खुवाउन नमिल्ने अबस्था सृजना भएमा जस्तोसुकै मुल्य चुकाएर पनि दिनदुखी लाई भोकै हुन नदिने अभियन्ता इन्द्र बहादुर कार्कीले जनाउनुभएको छ ।