बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

७ मंसिर २०७७, आईतवार

बुटवल , बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको बसपार्क नजिक लु २ प १९०५ नम्बरको टिपरले लु ११ प ४२१६ नम्बरको मोटरसाइकलाई ठक्करलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक पाल्पाको निस्दी गाउँपालिका–३ का ३३ वर्षीय मान बहादुर सोतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी प्रतितसिहं राठौरले जानकादिए दिए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चोराहाबाट बसपार्क तर्फ आउँदै गरेको टिपरले सोही दिशाको मोटरसाइकलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएको सोतीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको डिएसपी राठौरले बताए ।

global aawaj