सबैखाले भेला, सम्मेलन, जुलुस रोक्न सबै जिल्लाका सीडीओहरुलाई आग्रह

१८ चैत्र २०७७, बुधबार

काठमाडौं , सरकारले देशभर पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै सबैखाले सबैखाले भेला सम्मेलन, जुलुस रोक्न आग्रह गरेको छ । चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)ले कोभिड संक्रमण बढ्न सक्ने भन्दै देशभर भीडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको हो ।



बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न अनुरोध गरे ।

गौतमले जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले निर्देशन दिएको पनि जानकारी गराए । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने गौतमले बताए ।

यस्तै, देशभरका सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । सरकारी प्रयोगशालमा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने गौतमले बताए ।

यस्तै, संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय पनि भएको पनि गौतमले जानकारी दिए ।