बैशाख मसान्तसम्म बुटवलका विद्यालय बन्द,

८ बैशाख २०७८, बुधबार

बुटवल , बुटवल उपमहानगरपालिकाले वैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गरेको छ । बुटवल उपमहानगले बुधबार एक गरी बैशाख ९ गतेदेखि बैशाख मसान्तसम्म कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्नरगराउन आग्रह गरेको छ ।



यस्तै उपमहानगरपालिकाले कक्षा ८ को अन्तिम परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ भने पूर्व निर्धारित विद्यालय स्तरीय आन्तरिक परीक्षाहरु बैशाख मसान्तसम्मका लागि स्थगित गरेको छ । विद्यालय प्रशासन भने नियमित रुपमा सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।