अमेरिकामा फेरि गोली चल्यो, १० घाईते ५ गंभीर

१४ भाद्र २०७६, शनिबार

वाशिङ्टन। अमेरिकाको विद्यालय स्तरीय खेलको दौरान  गोली चलेको छ। दश किशोर घाईते भएको जनाईएको छ। घाईतेमध्य ५ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ।

अमेरिकाको अलबामा स्थित लेफलोर र विलियमसन माध्यमिक विद्यालेय बिचको फुटबल खेलमा गोली चलेको हो। के किन र कति कारणले गोली चलेको थाहा नभए पनि प्रहरीले २ जनालाई गिरफ्तार गरेको छ।