रास्कोटमा एम्बुलेन्स सेवा शुरु, स्थानीयवासीलाई सहज

१४ भाद्र २०७६, शनिबार

धादिङ । जिल्लाको रास्कोट नगरपालिकाले एम्बुलेन्स खरीद गरेको छ । नगरवासीको सेवासुविधाका लागि एम्बुलेन्स खरीद गरिएको हो । एम्बुलेन्स नहुँदा बिरामीलाई स्टेचर, डोको र पिठ्युमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको थियो । ‘नगरवासीको सेवासुविधालाई ध्यान दिएर एम्बुलेन्स किनिएको हो”, नगरपालिका प्रमुख काशीचन्द्र बरालले भन्नुभयो ।



“विगतमा जिल्ला अस्पतालसम्म बिरामी बोक्न दुई दिन लाग्थ्यो”, उहाँले भन्नुभयो, “अब सडक पुगेको छ, एम्बुलेन्सबाट बिरामी बोक्न सहज हुनेछ । यसभन्दा अघि जिल्लाका तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाले समेत एम्बुलेन्स खरीद गरिसकेका छन् ।