नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुदै

२० भाद्र २०७८, आईतवार

काठमाडौँ, नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे शुरू हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।



साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ । यसअघि नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।