बुटवलको जीतगढीमा मोटरसाइकल र ट्रक ठोक्किए, २ जना घाइते

२७ भाद्र २०७८, आईतवार

बुटवल , पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको जीतगढीमा सवारी दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । बुटवल–१३ जीतगढी नजिकै भएको दुर्घटनामा परी रुपन्देहीको कञ्चन गाउँपालिकाका ५९ वर्षिय लोकराज बुजेल र उनका श्रीमती ५६ वर्षीया उमादेवी गम्भीर घाइते भएका छन् । बुटवलतर्फ आइरहेको उनीहरु सवार लु ४५ प २८५७ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ गइरहेको ना १ क ८९१५ नम्बर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।