रूपन्देहीमा असोज ७ गतेसम्म निशेधाज्ञा लम्बियो

३१ भाद्र २०७८, बिहीबार

बुटवल,



रूपन्देही प्रशासनले असोज ७ गतेसम्म निशेधाज्ञा लम्ब्याएको छ । बैसाख १५देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्म कायम गरिएको थियो बिहिबार प्रशासनले एक सुचना जारी गर्दै असोज ७ गतेमध्यरात १२ बजेसम्म निशेधाज्ञा लम्ब्याइएको जनाएको छ ।

तीज पर्वमा नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाएको रूपन्देही प्रशासनले बुटवलमा बुधबार नेकपा एमालेलाइ बिशाल कार्यकर्ता भेला भने गर्न दिएको थियो । प्रशासनले यसअघिका निशेधाज्ञामा रोक लगाइएका सबै नियमलाइ निरन्तरता दिएको जनाएको छ ।