नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५८ कोरोना संक्रमित थपिए, १० को मृत्यु

१ आश्विन २०७८, शुक्रबार

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६५ जनाको पीसीआर परीक्षणमा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७२ जनामा कोरोना पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।