आईपीएल क्रिकेटमा हैदराबाद ७ विकेटले विजयी

३ बैशाख २०७९, शनिबार

काठमाण्डौ,  इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी भएको छ । मुम्बईमा कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य हैदराबादले १७ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेट्टायो ।



हैदराबादका राहुल त्रिपाठीले ७१ रनको तथा एडिन मार्क्रमले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । कोलकाताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो ।

कोलकाताका नितिष रानाले ५४ रनको अर्धशतकीय पारी खेले । आन्द्रे रसेल ४९ रनमा अविजित रहे । कप्तान श्रेयस आयरले २८ रन जोडे । जितसँगै हैदराबाद सातौँ स्थानमा उक्लिएको छ । कोलकाता चौथो स्थानमा छ ।