लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीको क्यालेण्डर बिमोचन

८ जेष्ठ २०७९, आईतवार

बुटवल, लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीको प्रथम बैठक तथा २०७९ सालको क्यालेण्डर बिमोचन कार्यक्रम बुटवलमा शनिबार सम्पन्न भएको छ । संघको यही बैशाख १० गते सम्पन्न ७ औं साधारणसभा तथा दोस्रो अधिवेशनबाट कमल छिनालको अध्यक्षतामा भएको निर्वाचित समितिको प्रथम बैठक तथा क्यालेण्डर बिमोचन सम्पन्न गरिएको हो ।



संघका अध्यक्ष कमल छिनालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रताप परियारको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि परियारले संघमा आवद्ध सदस्यहरुको व्यवसायिक हितका लागि आफू निरन्तर लाग्ने बताए । उनले सिलाई व्यवसायीहरुको हितमा आफु सधै प्रतिबद्ध रहेको र व्यवसायीको दक्षता र क्षमता अभिवृद्धिका लागि नयाँ टिम अघि बढ्ने बताए ।

कार्यक्रममा संघले ५ जना सदस्यहरुलाई मनोनित गरेको छ । जसमा निर्मला विक, रामु बुढाप्रिती, टेक बहादुर परियार, अशोक दर्जी र रेल बहादुर परियार रहेका छन् ।

यो संगै संघमा २३ सदस्यीय नयाँ नेतृत्वले पूर्णता पाएको छ । त्यस्तैगरी संघले प्रेस सल्लाहकारमा कृष्ण रणपाललाई चयन गरेको छ ।