तिलोत्तमामा करिब ४३ हजार मत गणना : खाँण अग्रता बढाउँदै,

१० जेष्ठ २०७९, मंगलवार

बुटवल, रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा गठबन्धन दल नेपाली काँग्रेसका रामकृष्ण खाँणले मतान्तरलाई बढाउँदै अग्रता लिएका छन् । उनले नेकपा एमालेका तर्फबाट पमख पदका उम्मेद्वार मोहन चापागाईलाई पथि पार्दै निर्न्तर अग्रता कायम राखेका हुन् ।



४२ हजार ७१४ मतगणना गरेर सक्दा खाँणले १६ हजार ६४६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी उम्मेद्वार चापागाईंले १५ हजार ७८१ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा ८६५ मतले पघि रहेका छन् ।

यसैगरी उप प्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले निकटतम प्रत्यासीभन्दा दोब्बर मत कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले १५ हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा
८ हजार ७२० मत प्राप्त भएको छ ।

यसैगरि वडा नम्बर ६ को अध्यक्षमा ७६८ मतका साथ काँग्रेस अघि रहेको छ । नेकपा एमालेको मत ५१७ रहेको छ । वडा नम्बर १० मा भने नेकपा एमाले अघि रहेको छ । एमालेको सूर्य चिन्हमा ७२ मत आउँदा रुखामा ५६, छातामा ५४ र हलोमा ६१ मत प्राप्त भएको छ । वडा नम्वर ११ मा सुरुवातीदेखि नै अग्रता काँग्रेसले लिएको छ । काँग्रेसको रुख चिन्हमा ५५६ र हेको छ भने एमालेको ५०३ मत पाप्त भएको छ । यस्तै वडा नम्बर १२ मा एमालेको अग्रता छ । एमालेको सूर्य चिन्हमा १०७८ आउँदा काँग्रेसको १०६२ मत प्राप्त भएको छ ।