“बिजय र्याली” को नाम फेरेर “धन्यबाद र्याली” राखौ

१० जेष्ठ २०७९, मंगलवार

बुटवल



लक्ष्मण गौतम
नेपाली कांग्रेसका युवा नेता लक्ष्मण गौतमले चुनाव जितेका जनप्रतिनिधीहरु पार्टीका नभएर जनताका हुन्छन र जनप्रतिनिधीहरु आफ्ना प्रतिबद्दता पत्र प्रति ईमान्दार हुनु पर्दछ भन्दै फेशबुक स्टाटस मार्फत केही सुझावहरु दिएका छन ।

– “बिजय र्यालीको” नाम फेरेर “धन्यबाद र्याली” राखौ ।
– धन्यबाद र्यालीमा बाजा बजाएर नाच्न भन्दा चुनावमा उठाएका एजेण्डाहरु पढेर सुनाउ ।
– धन्यबाद र्यालीमा माला खादा होईन चुनावमा गरिएका प्रतिबद्दता पत्रहरुको प्रिन्टेट कपी हातमा दिउ ।
– चुनाव जितेका जनप्रतिनिधीहरु पार्टीका होईनन जनताका हुन्छन तसर्थ धन्यबाद र्यालीमा राष्ट्रिय झण्डालाई प्राथमिकता दिउ जसले गर्दा फरक पार्टीलाई भोट हालेका मतदाताहरुले जनप्रतिनिधीलाई आफ्नो जनप्रतिनिधीका रुपमा ग्रहण गर्न सक्छन र जनप्रतिनिधीलाई काम गर्न सहज हुन्छ ।

आज मेरो बिचार अरु धेरैको भन्दा फरक होला र म एक्लै पनि हुला तर मैले देखेको समृद्द नेपाल अनि सुसँस्कारिक राजनितीको बाटो यही हो । चुनाव जिते पछि जनताका काम गरौ र काम गरे पछि देश बन्छ र फेरी जितिन्छ ।
जय नेपाल ।