शासक होइन,जनसेवक भएर काम गर्छु : तिलोत्तमा नगरप्रमुख रामकृष्ण खांण

१३ जेष्ठ २०७९, शुक्रबार

बुटवल,



रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

मतपरिणाम सार्वजनिक भए लगत्तै पत्रकारहरुसंग कुराकानी गर्दै उनले आफ्ना एजेण्डालाइ मतदाताले सदर गरेकोमा धन्यबाद समेत दिए । उनले भने –हामीले अब सबैलाइ मिलाएर सबैसंग मिलेर काम गर्छौं,तिलोत्तमालाइ देशमै उत्कृष्ट,भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ,यो पुरा गर्छु ।

‘मलाइ आफ्नो मत दिएर जिताउनुहुने सबैप्रति कृतज्ञ छु ,मेरो अभियानमा साथ दिने सबैलाइ एकमुष्ट धन्यबाद दिन चाहन्छु ।’उनले भने । शासकको रुपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने बताए ।