सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

२३ भाद्र २०७९, बिहीबार

काठमाडौं,  राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । १६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । बिहिबार अदालतले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज छन् । नेपाली क्रिकेट टिम केन्या भ्रमणमा जानु अघिल्लो रात ५ भदौमा सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।