सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले काट्यो पुर्जी

२३ भाद्र २०७९, बिहीबार

काठमाडौँ , नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । आज ९बिहीबार० जिल्ला अदालत, काठमाडौँले उनलाई अनुसन्धानका लागि पक्राउ गर्न पुर्जी काटेको हो । एक १७ वर्षीया नाबालिकाले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दर्ता गराएपछि प्रहरीले अदालतसँग पक्राउका लागि अनुमति मागेको थियो ।

तर सन्दीप भने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेष्ट इन्डिज ९जमैका०मा रहेका छन् । प्रहरीले अनुमति पाएकाले इन्टरपोलको सहायताबाट समेत पक्राउ गर्न सक्ने जनाएको छ ।

यसअघि सन्दीले आफूमाथि गलत आरोप लागेको भन्दै नेपाल क्रिकेट संघ क्यानसँग आफू कानुनी लडाइँमा जाने र यसका लागि क्यानले सहयोग गर्नुपर्ने बताएका थिए । उनले आरोप अस्वीकार गरिरहेका छन् ।