‘सभा होइन, अन्तरक्रिया गरौं’

२६ भाद्र २०७९, आईतवार

तिलोत्तमा,
रुपन्देहीको तिलोत्तमामा सभा होइन अन्तरक्रिया गरौं भन्दै शनिबार नेपाली कांग्रेस निकट युवा विद्यार्थीले अन्तरक्रिया कार्यक्रम सम्पन गरेका छन् । १०९ औं विपी जयन्तीको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रमा अर्याले विपी कोइराला प्रजातन्त्रको जननी भएको र विपीले देखाएको बाटोमा काग्रेंस हिड्नु पर्ने बताइन् । उनले भनिन्, ‘आजको दिनमा नेविसंघ लगायत अन्य पार्टीका सगंठनले पूर्णता नपाउनु दुःखद विषय भएको हो । ’ विपीको जीवन प्रजातन्त्रको प्राप्तीमै बितेके बताउँदै उहाँको जीवन साहित्य र दर्शनबारे चर्चा गर्न सभा भन्दा अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने बताइन् ।

त्यस्तै कांग्रेस लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरेले कांग्रेस पुरानो र लोकतान्त्रिक पार्टी भएकाले गर्व मात्र गर्ने भन्दा पार्टीलाई समयसापेक्ष बनाउनुपर्ने बताइन् । नेविसघं पूर्व केन्द्रिय उपसभापति मुक्ति पौडेलले युवा र नागरिकमा देखिदैगएको निराश्यतालाई चिर्दै आन्दोलनको नेतृत्व गरेका युवालाई अब पार्टीले अवसर दिनु पर्ने बताए । उनले आजका युवाले केवल भाषण मात्र सुनेर बस्ने अवस्था नरहेकोले अध्ययनलाई प्राथमिकतामा राख्नपर्ने बताए । उनले विचार विमर्श गर्ने यस्तो कार्यक्रम फलदायी हुने भन्दै यस्तो कार्यक्रम गरिराख्न आग्रह गरे ।
कांग्रेस नेता माधव देवकोटाले विपीले देखाएकौ बाटोमा हिड्न सबैलाई अनुरोध गरे । आजका युवा उद्यमसंग जोडिनपर्ने बताउँदै आवेशमा आएर सामाजिक संजालमा अध्ययन बिना तर्क गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेता जोवन सिहं ठकुरीले सगंठन चलायमान नभए युवाहरु पार्टीमा जोडिन नसकिने तर्क गरे । कांग्रेस जनताको साथी भएकाले कांग्रेस जनताकै बीचमा रहेको उनले बताए । नेविसंघ नेता सुदिप शर्माले विपी आदर्श पुरुष भएको बताए । एक दिन मात्र नभएर सधै विपीले देखाएको बाटोमा हिड्न सबैलाई उनले अनुरोध गरे । नेविसंघ पार्टीको मेरुदण्ड भएकाले चलायमान गराउनुपर्ने उनको भनाइ थियो । रन्जन काफ्लेले विपी दुरदर्शी नेता भएकाले उहाँको विचार आज पनि समय सान्दर्भिक भएको बताए ।

विद्यार्थी नेता अर्जुन खनाल, पार्टीका नेता महेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको कार्यक्रममा अन्य विद्यार्थीहरुले आ–आफ्ना भनाइ राखेका थिए । कमल भण्डारीको स्वागत मन्तव्य, हरि न्यौपानेको धन्यवाद ज्ञापन तथा निराजन खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।