
नवलपरासी , नवलपरासीको रामग्राम -१ सहुवाटिकरमा भएको प्रथम जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगितामा च्याम्पियन सिप–२०२२ को उपाधि तिलोत्तमा तेक्वान्दो डोजाङले जितेको छ। एस.एस तेक्वान्दो डोजाङको आयोजामा भएको प्रतियोगितामा तिलोत्तमा डोजाङले ९ वटा मेडल सहित प्रथम भएको छ। त्यसै गरि ५ स्वर्ण,२ कास्य र २ रजत पदक रहेका छन् ।
प्रथम हेमन्त चौधरी ,अन्जना नेपाली ,अनुष्का तामाङ ,प्रकाश खाशु , ईभान्जली रणपाल र दोस्रो हुनेमा दिपिका कार्कि,रबिना तामाङ त्यसै गरि तेस्रो भिम थारु,पुष्प घिमिरे रहेका छन् र तिलोत्तमा डोजाङ को जुनिएर खेलाडि हेमन्त चौधरी उत्कृष्ट खेलाडी भएका छन्