यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

२८ फाल्गुन २०७९, आईतवार

काठमाडौं, यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।

हारसँगै यूएईको भने ओडीआई स्टाटस संकटमा परेको छ । यसको फाइदा अमेरिकालाई हुनेछ ।