एलिना चौहानको सहकार्यमा डा. बिष्णु मुर्ती भट्टराईको नयाँ गीत बजारमा (भिडियो सहित)

१२ चैत्र २०७९, आईतवार

काठमाण्डौ, गीतकर डा. बिष्णु मुर्ती भट्टराईको शब्दमा चर्चित गायिका एलिना चौहान र गायक कृष्ण मुर्ति भट्टराईको स्वरमा (छौ कि दोधारमा) सर्वजनिक भएकोछ । चर्चित संगीतकार श्रीधर अधिकारीले यस गीतमा संगीत भर्नु भएको छ भने म्युजिक भीडीयोमा पेसाले मुटु रोग विशेषज्ञ डा. लक्षमण दुबे र रेडियोलोजिष्ट डा. रिद्धी अधिकारीको उत्कृष्ट जिबन्त अभिनय हेर्न पाइन्छ। गीतको छायांकन राम के. सि.को रहेको छ भने सम्पादन सुजन कोइरालाले गरेका छ्न । गीतको कथा तथा निर्देशन गीतकार डा. बिष्णु मुर्ती भट्टराई आफैले गर्नु भएको । पेशाले सल्य चिकित्सक गीत लेखनमा बिशेष रुचि राख्ने गीतकार भट्टराईले केहि समय अघि मात्र लोकप्रिय गीतहरु श्रीधर अधिकारी कै संगीतमा मेरो तस्बिर,सलाई,बिर्सनु कसरी गीत बजारमा आएको थियो जसले स्रोता दर्सकको राम्रो माया पाइरहेको छ। छौ कि दोधारमा गीत गीतकारको आफ्नै Youtube Chnnel Dr. Bishnu Murti Bhattarai बाट बजारमा आएको छ।
गीत निकै नै मार्मिक र सुमधुर रहेकोछ ।