बार्सिलोनासँग भिल्लारियल २ गाेलले पराजित

८ आश्विन २०७६, बुधबार

एजेन्सी । ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु मैदानमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले भिल्लारियललाई २-१ ले पराजित गरेको हो ।

खेलको छैटौं मिनेटमै ग्रिज्मनले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको १५ औं मिनेटमा गोल गर्दै आर्थरले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। उनले पेनाल्टी क्षेत्रबाहिरबाट गोल गरेका थिए ।

दोस्रो हाफमा चोटका कारण कप्तान मेस्सी मैदान बाहिर बसे । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले सामान्य चोट लागेको तर थप असर हुन नदिन बाहिर राखेको बताएका छन् । उनलाई सामान्य चोट लागेको र थप असर नपरोस भनेर विश्राम दिइएको बताएका छन् । मेस्सीले हालसम्म कुनै खेलमा पूरा समय मैदानमा बिताएका छैनन् ।

जितसँगै ६ खेलमा १० अंक रहेको बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।ग्रानडा, एथलेटिक बिल्बाओ र रियल म्याड्रिडको समान ११९११ अंक सहित पहिलो दोस्रो स्थानमा छन् भने रियल मड्रिड तेस्रो स्थानमा छ । उस्ले आज ओसासुनाको सामना गर्नेछ भने बिल्बाओले ओसासुनासँग खेल्दैछ ।