मेस्सीविना नै मैदानमा उत्रिएको बार्सिलोना विजयी

१२ आश्विन २०७६, आईतवार

एजेन्सी– स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा जित हासिल गरेको छ ।
१० खेलाडीमा सिमित बार्सिलोनाले गेटाफेलाई २–० ले गोल अन्तरले पराजित गरेको हो ।

नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र जुनियर फिर्पोले एक एक गोल गरे । चोटका कारण मेस्सी गेटाफेविरुद्ध मैदान उत्रेनन ।

तर, खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए । यस्तै खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै वार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ । पराजित गेटाफे ७ अंक जोडेर ११ औं स्थानमा छ ।