नेकपा सचिवालय बैठक सकियो : सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लाग्यो

१८ कार्तिक २०७६, सोमबार

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), शर्मिला त्रिपाठी (चितवन), विष्णु प्रसाईं (झापा) र गोविन्द कलौनी (डडेलधुरा)लाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

नेकपा सचिवालय बैठकलगत्तै अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकले निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ । प्रदेश प्रमुखको आज नै पद तथा गोपनियताको सपथ हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।