रेसुङ्गा नगरपालिका द्वारा एकादशिको दिन बिदा दिने

१९ कार्तिक २०७६, मंगलवार

निरु आचार्य ,

गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रबार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रबक्ता पदम अर्यालले बताए ।

नगरप्रबक्ता अर्यलद्वारा गराएको जानकारी अनुसार एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएका उल्लेख छ । मेलालाई व्यवस्थित रुपमा मनाउन र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरी नेपाल भ्रमण वर्षलाई सहयोग गर्न सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रबक्ता अर्यालले े बताए ।

रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेश गरेको छ । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको रेसुङ्गा नगरपालिका प्रबक्ता अर्यालले बताए ।

रेसुङ्गा क्षेत्रलाई प्रयटकिय हब बनाउने गरि अगाडि बढेको समेत जनाएका छन । साथै रेसुङ्गा विमान स्थललाइ अबको ८ महिना भित्र सन्चालन मा ल्याउन आफुहरु लागिरहेको रेसुङ्गा बिमानस्थलका पुर्ब अध्यक्ष समेत रहेका अर्यालले जनाएका छन ।