संचारकर्मी दिपु मगरको सालैजो गित बजारमा भिडियो सहीत

२० कार्तिक २०७६, बुधबार

बुटवल,चर्चीत गायक एवम संचारकर्मी दिपु मगरको नया सालैजो गित स्वर्गद्धारी बजारमा आएको छ । बिशेष गरी मध्य पश्चिममा चर्चित सालैजो भाकालाई गायक मगरले बजारमा पस्केका हुन । गितका शब्दमा माया प्रिती र यस क्षेत्रका बिभिन्न पर्यटकिय स्थलहरुको पनी बयान गरिएको छ । स्वर्गद्धारीमा दिपु मगर र रेनु राना मगरको स्वर रहेको छ भने गितको शब्द स्वयम दिपु मगरको रहेको छ । गितमा भाका संकलन रिशी खडकाले गरेका छन ।

अतिनै सुमधुर शैली सहितको गितको भिडियोमा पनी गायक मगरले कम्मर मर्काएका छन त्यस्तै उनलाई अभिनयमा सपना मगरले साथ दिएकी छन । रुपन्देहीको बासगढी क्षेत्रमा छायांकन गरिएको गितको भिडियोलाई सन्तोष बस्यालले छायांकन गरेका हुन भने निर्देशन सुमन थापाले गरेका हुन । दिपु मगर युटुब च्यानलबाट डिजिटल बजारमा आएको गितले अहिले चर्चा कमाउदै गएको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।