जोडीनुस जिल्लासङ्गको आयोजनामा काठमाडौमा मौलिक देउसी भैलो कार्यक्रम हुने ,

२१ कार्तिक २०७६, बिहीबार

 निरु आचार्य,

कात्तिक २१ काठमाडौं । अर्घाखाँचीमा धेरै समय अगाडि देखि हरिबोधनी एकादशीमा खेलिदै आयको देउसी भैलो कार्यक्रम काठमाडौमा पनि हुने भएको छ ।जोडिनुस जिल्लासङ्गको आयोजनामा यहि कात्तिक २२ गते एकादशीको दिन काठमाडौमा देउसी भैलो आयोजना गरिएको हो । उक्त भैलो को सम्पुर्ण तयारी सम्पन्न भए संगै अर्घाखाँची बासीमा खुसीयाली देखिएको छ ।

देउसी भैलो कार्यक्रम बुद्दनगर स्थित बुद्दनगर पार्टी प्यालेसमा साझ ४ बजे देखि हुने जोडीनुस जिल्ला सङ्गका अभियन्ता सुभाष ज्ञवालिले जनाएका छन । उक्त कार्यक्रममा अर्घाखाँची घर भै काठमाडौमा विभिन्न पेसा व्यवसायीमा आबद्द जिल्ला बासिहरुलाइ सहभागी हुन अनुरोध गरिएको छ साथै यसले जिल्ला को मौलिक पहिचान झल्काउने समाजसेवी शिबदेब पाणडे ले बताएका छन ।