कृषि मन्त्री पौडेल आफै अनुगमनमा

२२ कार्तिक २०७६, शुक्रबार

बुटवल, २२ कात्तिक । प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट वितरण भएका अनुदानको दुरुपयोग भएको भन्ने गुनासोको आधारमा कृषि मन्त्री आरती पौडेलले अनुगमन गरेकी छिन् । शुक्रबार मन्त्री आफै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा बाट वितरण भएका अनुदानका साथै मन्त्रालयका निर्देशनालयबाट भएको अनुदान तथा कार्यक्रम वितरणको स्थलगन अनुगमन गरेकी हुन । मन्त्री पौडेलले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा रहेको स्मार्ट कृषि गाँउ अन्र्तगतको सामुदायिक बाख्रा पालन फर्मको अवलोकन गरेकी हुन । उक्त स्मार्ट कृषि गाँउलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ५० लाख रुपैैयाँ अनुदान दिएको थियो ।

यस्तै मन्त्री पौडेलले तिलोत्तमा ८ पहुनीमा रहेको बाँसघारी गाई फार्मको अनुगमन गरेकी छिन् । उक्त फर्मले मन्त्रालयबाट ४ लाख अनुदान लिएको थियो । यस्तै मन्त्री पोडेलले बुटवल १५ सेमलारमा रहेको सेमलार पशु विकास फर्मको अनुगमन गरेकी छिन् । यस्ते
सुद्धोधन गाउँपालिका ४ केवलीमा रहेको रहेको नवदुर्गा गाई भैसी फर्म, सियारी गाउँपालिका वडा नम्बर ४ ओलिहवामा रहेको पासवान एकिकृत कृषि फर्म, सैनामैनामा रहेको लुम्बिनी लाईभस्टक फर्म(बंगुरपालन)को अवलोकन÷अनुगमन गरिकी हुन ।

अनुगमनको क्रममा बास्तविक कृषि गर्ने किसानहरुमा अनुदानको दुरुपयोग भएको नपाइएको मन्त्री पौडेलले भनाई रहेको छ । अनुगमन पश्चात मन्त्री पौडेलले भनिन्–‘बास्तवि कृषि कर्म गर्ने किसानहरुमा अनुदान दुरुपयोग भएको पाइएको छैन, एक दुई जना व्याक्तिहरुबाट भएको गल्तीको कारण सिंगो मन्त्रालयलाई हेर्ने मिल्दैन । ’ मन्त्री पौडेलले अनुदान दुरुपयोग गर्ने किसान वा जो कोहीलाई पनि कठोर भएर कारवाही गर्ने बताएकी छिन् ।