प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

२२ कार्तिक २०७६, शुक्रबार

जनकपुर– प्रदेश दुईले आइतबार सार्वजनिक विदा दिएको छ। मुस्लिम धर्मावलम्बीका धर्म प्रवद्र्धक हजरत मोहम्मद पैगम्बरको १४३९ औं जन्मजयन्ती परेको अवसरमा विदा दिइएको जनाइएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको जानकारी दिए ।