लोकसेवामा आकर्षण घट्दै ! आवेदन दिने ७५ प्रतिशतले घटे

२४ कार्तिक २०७६, आईतवार

काठमाडाैं, २४ कात्तिक । लोकसेवा आयोगलाई गत आर्थिक वर्ष विज्ञापन होलिडे का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । समायोजनका कारण सरकारले न्यून संख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर देखिएको हो ।

गत आवमा संघतर्फ १ लाख ४३ हजार ८ सय ४० जनाले आवेदन दिएका थिए । खरिदारमा सबैभन्दा बढी ६४ हजार ७ सय ३३ दरखास्त परेको आयोगको प्रतिवेदनमा उल्लेख छ । कुल दरखास्तको २९ प्रतिशत प्रदेशले दुईले ओगटेको छ । त्यसमा पनि सबैभन्दा बढी सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहाका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।