अल इन्डिया कपको च्याम्पियन बन्यो सुदूरपश्चिम ११

२४ कार्तिक २०७६, आईतवार

काठमाडौं – अल इन्डिया कप २०१९ को उपाधि सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले जितेको छ । आइतबार भएको फाइनलमा सुदूरपश्चिमले देहरादुन क्लबलाई पराजित गर्दै उपाधि हात पारेको हो । सुदूरपश्चिमले देहरादुनलाई ६–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो ।

सुदूरपश्चिम ११ अघिल्लो संस्करणको अल इन्डिया कपमा उपविजेता भएको थियो ।यो संस्करणमा सुदूरपश्चिमलाई जित दिलाउन विक्रम सिंह एक्लैले ५ गोल गरे भने कमल देउवाले एक गोल थपे ।सिंहले खेलको नवौं, ११ , १८, ३१ औँ र ७७ औँ मिनेटमा गाले गरे भने देउवाले २४ औँ मिनेटमा गोल गरेका थिए ।