लाेक दाेहाेरि गायक बिरू कार्कीको अर्गानिक फल बजारमा (भिडियो सहित)

२६ कार्तिक २०७६, मंगलवार

सिद्द्बाबा न्युज बुटवल, यति बेला उत्कृष्ट लाेक दाेहाेरि गितहरू बजारमा अाईरहेका छन । यसै क्रममा लाेक दाेहाेरि गायक बिरू कार्कीको अर्गानिक फल नामक गीति संग्रह बजारमा अाएकाे छ ।

ठेकि भित्र दहि छ , दिन रात मलाई त झल्को माया कै छ भन्ने थेगो रहेको गितमा चर्चित गायिका लक्ष्मी मल्ल र बिरू कार्कीको स्वर रहेको छ भने शब्द तथा संगित गायक स्वयं कार्कीको रहेको छ ।

मुस्ताङको रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा ज्यादै मिहिनेत गरिएको देखिन्छ ।रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीकाे दमदार अभिनय रहेको भिडियोकाे निर्देश सुनिल क्षेत्रीकाे रहेको छ ।पछिल्लो समय क्षेत्रीका म्युजिक भिडियोहरू दर्शकहरूले रूचाएका छन । भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन भने नबराज उप्रेतीले खिचेका छन।गायक बिरू कार्की लाेक तथा दाेहाेरि गित प्रतिष्ठान काेरियाका सल्लाहकार समेत हुन ।

भीडीयो हेर्नुहोस