अभिनेता विपिन कार्कीलाई पुत्री लाभ

२ मंसिर २०७६, सोमबार

काठमाडौं – अभिनेता विपिन कार्कीलाई सन्तान लाभ भएको छ । विपिन पत्नी रेश्मा कटुवालले सोमबार पौने सात बजे बल्खुस्थित बयोद्या अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । ५ वर्षअघि रेश्मा र विपिनले बिहे गरेका थिए । यी दुईले पहिलो सन्तानस्वरुप छोरीलाई जन्म दिएका हुन् ।



अभिनेता विपिन कार्कीले सामाजिक सञ्जालमा छोरीसँगको तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विपिन भन्छन्, ‘उनी हाम्रो प्रेम र सम्बन्धको पहिलो सन्तान हुन् ।’ विपिन बाबु बनेपछि उनका फ्यान र सेलिब्रेटीले बधाई दिएका छन् ।

रंगमञ्च हुँदै फिल्म क्षेत्रमा स्थापित भएका अभिनेता कार्की फरक–फरक चरित्र निभाउन खप्पिस छन् । गतवर्ष.उनी फिल्म ‘प्रसाद’ बाट चर्चामा आएका थिए । अर्को फिल्म ‘गोपी’ भने व्यावसायिक रुपमा असफल भएको थियो । यतिबेला विपिन फिल्म ‘सेल्फी किङ’ को काममा छन् ।