लोकप्रिय गायक पशुपति शर्मा प्रथम उपाध्यक्षमा निरबिरोध बिजयी,पुरानै पद दोहोराए

७ मंसिर २०७६, शनिबार

कमल सरगम-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन यो बेला पोखरामा चलिरहेको छ।सोहि क्रममा कलाकारहरुको उमेदवारी दर्ताको क्रम सकिएको छ उमेदवारी दर्ता संगै लोकप्रिय गायक पशुपति शर्मा प्रथम उपाध्यक्ष पदमा निरविरोध बिजयी भएका छन। यस अगी पशुपति शर्मा बरिष्ठ उपाध्यक्षमा लड्ने पक्का थियो,सहमतिमै पशुपति शर्मा र रिता थापा बीच कुरा मिले पछि शर्माले पुरानै पद दोहोराएका हुन्।पशुपतिलाई यो बेला भने बधाईको उहिरो आउन थालेको छ।

पशुपति संगै बरिष्ठ उपाध्यक्षमा रिता थापा,दित्तीय उपाध्यक्षमा रामजी खाँण,महिला उपाध्यक्ष राधिका हमाल,महासचिवमा सुबास केसी,उप-महासचिवमा शिब हमाल र शंकर बिसी,सांगठनिक सचिबमा खुमन अधिकारी,सह-कोषाध्यक्ष (महिला)मा पूर्णकला बिसी,महिला सचिबमा जमुना राना निरविरोध निर्बाचित भएका छन।औपचारिक रुपमा घोषणा भने हुन बाँकी रहेको छ।