कुनै सरकारी सुबिधा नलिने उम्मेदवार खनालको घोषणा

११ मंसिर २०७६, बुधबार

सुभाष ज्ञवाली
अर्घाखाँची/मंसिर १२

स्थानीय निकायका जनप्रतिनिधिको आलोचना भईरहेको समयमा कुनै पनि सरकारी सुबिधा नलिने घोषणा गरे सँगै मालारानी ३ नम्बर वडा अध्यक्षका उम्मेदवार यमलाल खनाल अहिले सार्वाधिक चर्चामा रहेका रहनु भएको छ। खनालले वडा अध्यक्षले पाउने कुनै पनि किसिमको तलव भत्ता ,सरकारी मोटरसाइकल ,ईन्धन लगायतका सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । वडा अध्यक्ष निर्वाचित हुने प्राय सुनिश्चित भएका खनालले राज्यकोषबाट एक रुपैयाँ नलिई आफ्नो निजि खर्चमा वडामा बसेर जनताको सेवा गर्ने बताउनुभयो । स्वच्छ छबि भएका खनाल नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानीका चर्चित नेता हुनुहुन्छ । खनालले आफ्नो ३० बर्ष भन्दा लामो राजनितीक जिबनमा थुप्रै जनसेवाका काम गर्नु भएको छ। आफु सँगैका साथिभाईले नोकरी तथा व्यापार व्यवसाय गरि मनग्ये आम्दानी गर्दा उहाँले भने जिबनभर राजनीतिक परिवर्तन , सामाजिक न्याडय र जनसेवा लाई मुलमन्त्र बनाएर निरन्तर संघर्ष गरिरहनु भयो ।

खनालको राजनितीक जीवन अरु नेताको जस्तो सहज भने थिएन । उहाँका बुवा कट्टर पञ्च थिए ।उनले बहुदलबादी अझै कम्युनिस्टहरुको त नाम नै सुन्न चाहने थिएनन् । आफ्नो घरमा पटक पटक हुने पञ्चहरुको छलफल र जनता सँग गर्ने व्यवहार उहाँलाई पटक्कै मनपर्ने थिएन ।त्यसका बिरुद्ध उहाँले घरबाटै बिद्रोह गर्नुभयो र पञ्चायतका बिरुद्ध जनतालाई कम्युनिस्ट पार्टीमा संगठित गर्दै हिड्नु भयो ।आफ्नै वुबाको हेर्ने दृष्टिकोण ठिक नहुनु र प्रहरी प्रशासनले पटक पटक नीग्रानी गरेका कारण उहाँले निक्कै सास्ती व्यहोर्नुपरेको थियो । त्यो बेला उहाँले घरबाट आर्थिक र सामाजिक घेराबन्दी व्यहोर्नुपरेको थियो ।वास्तवमा उम्मेदवार खनाल पहराको बीचमा उम्रेको तरुल हुनुहुन्छ । २०४२ सालमा आफ्ना बुवा प्रेमनारायण खनाल खनाल प्रधानपञ्चको निर्वाचन लड्दा उहाँले जनपक्षीय उम्मेदवार गंगाधर खनाल लाई समर्थन गरि बुवालाई पराजित गराउनु भएको थियो ।

आफ्नै बुवालाई चुनाव हराएको भन्दै उहाँलाई पञ्चहरु र स्वयं आफन्तले दमन गर्ने रणनीति अपनाएका थिए । खनालले कम्युनिस्ट पार्टीमा लागेवापत पटकपटक जेलनेल समेत भोग्नुपरेको थियो ।उहाँले पटकपटक जोखिम मोलेर संघर्षमा उत्रनुपरेको थियो । २०४६ सालको जनआन्दोलनमा खनदहमै बसेर नेतृत्वदायी भुमिका खेल्नु भएकाखनाल ३ कार्यकाल १२ बर्ष खनदह गाउँ कमिटीको प्रमुख ,एक कार्यकाल ईलाका कमिटीको प्रमुख,२०५७ देखि ३ कार्यकाल जिल्ला कमिटी सदस्य ,एक कार्यकाल संगठन बिभाग सदस्य तथा पार्टी एकता पछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको गाउँ पालिका कमिटीको सदस्यको रुपमा काम गर्दै आउनु भएको छ । बिकास र सामाजिक क्षेत्रमा उम्मेदवार खनालले पुर्याउनु भएको योगदान निक्कै महत्वपूर्ण छ । डिभर्ना,खनदह,डांडाकटेरी मोटर बाटोको सदस्य ,देउराली ,खनदह,हंसपुर मोटर बाटोको अध्यक्ष भई खनदह आसपासको क्षेत्रको भिरपाखामा मोटर बाटो निर्माण गरि अहिले सरर् गाडी चल्ने बनाउन उहाँ सफल हुनु भएको छ ।

कुनाखर्क,खनदह बजार खानेपानी उपभोक्ता समितिको सचिब भई निक्कै कष्टका साथ उहाँले खानेपानी आयोजना सम्पन्न गर्नु भएको थियो ।खनदहमा बिद्युतिकरण उपभोक्ता समितिको सचिव भएर तत्कालीन खनदह गा.बि.को घरघरमा विद्युत लाईन पुर्याउनु भएका खनालले आदर्श माध्यमिक बिद्यालय स्थापना तथा संचालनमा व्यवस्थापन समितिमा रहेर पुर्याउनु भएको योगदानको स्थानीय बासिन्दाले मुक्त कण्ठले प्रसंसा गर्ने गरेका छन् । खनाल अहिले प्रत्येक घरघरमा पिउने पानीको धारा,खनदहमा १५ शैयाको अस्पताल ,खनदहमा पालिका स्तरका सबै कार्यालय भवन,आदर्श मा.बि.मा प्राविधिक क्याम्पस ,खनदह लाई फलफूल पकेट क्षेत्र ,गुल्मि र अर्घाखाँचीको पश्चिम उत्तरी क्षेत्रलाई पुग्ने गरि ठुलो साईजको कोल्ड स्टोर निर्माण गर्ने तयारीमा हुनुहुन्छ । उहाँले यी कामको निम्ति आफु निरन्तर लागिपरेकोले चुनावको प्रचारमा भन्दै हिड्नु पर्ने कुनै जरुरी नभएको बताउनु भयो ।

बढ्दो युवा बेरोजगारीको निम्ति पालिका,प्रदेश र केन्द्र सरकार सँग मिलेर आयमुलक कार्यक्रम संचालन गरि युवालाई गाउँमै रोजगारी दिने उहाँको तयारी छ । उपभोक्ता समितिमा बसेर कहिले पनि २ पैसा हिनामिना नगरी पारदर्शी काम गरेका खनाल जनताले निक्कै माया गर्ने नेता हुनुहुन्छ । खरोस्वभावका खनाल सर्वहारा बर्गको मन मुटुको नेता हुनुहुन्छ । उहाँले जनताको दुखलाई आफ्नो दुख संझेर सहयोग गर्दै आउनु भएको छ । पछिल्लो समयमा जनप्रतिनिधि प्रती बढ्दै गएको अविस्वास चिर्नु आफ्नो पहिलो दायित्व भएको उहाको भनाइ छ । लोकप्रिय नेता जीवन कुमार चौहानको निधनबाट चिन्तित बनेका जनताको भावना बुझेर उहाँका अधुरा सपना साकार पार्नु आफ्नो कर्तव्य हुने उहाँले बताउनुभयो । खनालले आफु निर्वाचित भएपछि जनताको सच्चा सेबक भएर नमुना काम गरेर देखाउने बताउनुभएको छ । साथै उहाँले झुट्टा कुरा गर्ने नक्कली मान्छे बाट जोगिएर कुनै प्रलोभनमा नपरि जनताले मतदान गर्नेमा आफु बिस्वस्त रहेको बताउनुभयो ।