नेविसंघले तिलोत्तमा गर्याे बिराेध प्रदर्शन : ‘कालापानी,लिपुलेक,लिम्पियाधुरा हाम्रो हो,नेपाली भूमि छोड‘ !

१२ मंसिर २०७६, बिहीबार

बुटवल,मंसिर १२। नेपाली बिद्यार्थी संघले रूपन्देहीकाे तिलोत्तमामा बिराेध प्रदर्शन गरेकाे छ । नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई भारतले आफ्नो नक्सा पारेर नक्सा सार्वजनिक गरेको बिरोधमा नेविसंघ न्यू होराईजन कलेजले तिलोत्तमा ड्राईभरले बिरोध प्रदर्शन गरेको हाे ।

न्यू होराईजन मा अध्ययन गर्ने बिद्यार्थीहरू सडकमा उत्रिएका हुन् । बिद्यार्थीहरुले ‘कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय दादागिरी बन्दगर भन्दै ड्राईभरटोल देखि र्यालि सुरु गरि संकरनगर चोक सम्म पुगेर नेपाली भूमि छोड‘’ लगायतका नारावाजी गरेका थिए । नेबिसंघ नेता सन्तोष डि सि ,गोविन्द के सिकाे नेतृत्वमा बिराेध प्रदर्शन गरिएकाे हाे।