मोटरसाइकल दुर्घटना हुदाँ सैनामैनाका २ जनाको घटनास्थलमै मृत्यू

१६ मंसिर २०७६, सोमबार

मंसिर १६ , रुपन्देही
रुपन्देहीको बुटवल उपमहानगरपालि वडा न।१२ नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुदाँ घटनास्थलमै २ जनाको मृत्यू भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत आफनो साइडमा रोकि राखेको भे १ बु १४४८ नम्बरको ट्रिप्परमा ना ४३ प ३३४६नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटटराईले जानकारी दिनुभयो ।

मृत्यू हुनेमा सैनामैना वडा न।६ बस्ने वर्ष २९का नविन कंडेल,सोही ठाउँ बस्ने बर्ष ३१का दिपक पन्थ रहेका प्रहरीले जनाएको छ । आइतबार राति १० बजेको समयमा तिव्र गतिका कारण मोटरसाइकल ठोक्किन पुुगेको प्रहरीका प्रारम्भीक अनुमान रहेको छ ।घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको छ भने दुवैे साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।