सैनामैनाको एक कुलोमा घोप्टो परेको अवस्थामा मृत फेला

१६ मंसिर २०७६, सोमबार

 मङ्सिर १६, २०७६
सुरेश परियार,रुपन्देहीकोे सैनामैनामा एक जना पुरुष मृत अवस्थामा आज फेला परेका छन् । सैनामैना वडा न।४ लखनपारामा पानी जमेकोे कुलोमा घोप्टो परेको अवस्थामा वर्ष ४२ का जोखु चौधरी फेला परेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयोे ।

मृतककोे पहिचान खुलेको छ । उनी कपिलबस्तुु जिल्ला वाणगंगा नगरपालिकाका वडा न।३ घर भई हाल सैनामैनामा ५मा डेरा लिई बस्दै आएकोे प्रहरीे निरिक्षक श्रेष्ष्ठको भनाई छ ।मृतक चौधरीलाई पोष्टमार्टमका लागी बुटवल पठाइएकोे र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।