अर्घाखाँची मैत्रीपुर्ण बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

१६ मंसिर २०७६, सोमबार

सुभाष ज्ञवाली- अर्घाखाँची जन्मघर भइ हाल काठमाडौंमा स्थाइ वा अस्थायी रुपमा बस्दै आएका सम्पुर्ण ब्यक्तिहरुलाइ एकै ठाँउ समेटिने गरि यहि मिति २०७६/०८/२१ गते सनिवार त्रिभुवन पार्क थानकोट मा मैत्रीपुर्ण बनभोज कार्यक्रम गर्न लागिएको आयोजक कमिटीका सदस्य प्रकाश ज्ञवालीले जनाएका छन । भ्रमण बर्ष २०२० लाइ समेत लक्ष्यित गरि अर्घाखाँची को प्रयटन प्रबर्द्धन मा समेत यो बनभोजले सहयोग गर्ने आशा गरेका छन ।

अर्घाखाँची का मौलिक कला संस्कृति लाइ समेत प्रस्तुत गरि सबै सामु पुर्याउने लक्ष्य राखिएको छ । कुनै क्षेत्र विशेष र कुनै राजनीति बिशेष नभै सम्पुर्ण अर्घाखाँची बासीलाइ समेटेर बृहत बनभोज गर्न लागिएको ज्ञवालिले जनाएका छन । बिद्यार्थी हरुलाई समेटन सजिलो होस भन्ने उदेश्य ले टिकटको मुल्य ५०० मात्र राखिएको आयोजकले जनाएका छन ।

करिब ७०० जनाको उपस्थिति रहने आयोजक को अनुमान रहेको छ । जाने ब्यक्ति हरुलाइ सजिलो होस भन्ने उदेश्य ले विभिन्न ठाँउ बाट यातायात को ब्यबस्था समेत गरिएको आयोजकको भनाइ रहेको छ । अर्घाखाँचीका कलाकार हरुको उपस्तिथि मा विभिन्न सास्कृतिक कार्यक्रम समेत राखिएको जनाइएको छ । साथै आफ्ना केहि प्रस्तुति भए अग्रिम जानकारी गराउन सकिने आयोजक ले जनाएका छन । कार्यक्रम को तयारी अन्तिम चरणमा पुगिसकेको आयोजक कमिटी का सदस्य समेत रहेका रोशन ज्ञवालीले जनाएका छन ।